जन सरोकार

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उहाँकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो ।

यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो ।

चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो ।

निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो । घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेपत्ता हुनुभएको थियो ।

सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो । मृत पाँचै जनाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शव राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.