अर्थसेयर बजार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अङ्कले बढेर ४६२ दशमलव ०४ मा पुगेको छ । यसैगरी, फ्लोट सूचक शून्य दशमलव २२ अङ्कले बढेर १७७ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव २९ अङ्कले बढेर १५५ दशमलव ६५ मा पुगेको छ ।

बिहीबार विभिन्न कम्पनीका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर रु तीन अर्ब ९३ करोड पाँच लाख ६० हजार ९५२ मूल्यमा खरिद–बिक्री भएका छन् ।

बिहीबार १३ उपसमूहमध्ये आठ उपसमूह बढ्यो भने पाँच उपसमूह घटेको छ । बिहीबार १४० कम्पनीको शेयर बढ्यो भने १२७ कम्पनीको शेयर घट्यो । त्यसैगरी, ११ कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावर, स्नो रिभर, लक्ष्मी भ्यालू फन्ड लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आरबिबी म्युचुअल फन्ड, घलेम्दी हाइड्रोपावर, मैबुलुङ इनर्जी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.