जन सरोकार

ठगीको आरोपमा फरार ठाकुर पक्राउ

ठगी तथा बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–५ की ४२ वर्षीया नितु ठाकुर रहेकी छन् । उनलाई ललितपुर महानगरपालिका–२३, धापाखेलबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

सविन तामाङको जाहेरीका आधारमा नेपाल सरकार वादी र ठाकुर प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएकी थिइन् । उक्त मुद्दामा ठाकुरले रु १५ लाख ७० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरविरुद्ध विभिन्न व्यक्तिको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँमा रु ४२ लाख बिगोको बैंकिङ कसुरसम्बन्धी मुद्दा तथा प्रहरी वृत्त नयाँ बानेश्वरमा रु ३१ लाख ५० हजार बिगोको बैंकिङ कसुरसम्बन्धी मुद्दामा समेत पक्राउ पुर्जी जारी भएको थियो ।

ठाकुरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.