जन सरोकार
कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता
कर्णालीमा नुहाउने क्रममा अछामको मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।
काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ ।
बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको नायव उपरीक्षक वमले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्