सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ । तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।




प्रतिक्रिया राख्नुहोस्