जन सरोकार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण
जुम्लाको पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए ।
गाउँपालिकाले बाढीपीडित प्रतिपरिवारलाई रु ३० हजारका दरले रकम वितरण गरेको हो । गाउँपालिकाका अनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा परियोजनाअन्तर्गत कुल रु १४ लाख ७० हजार सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त रुपमा रु पाँच लाख बराबरको राहत सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्