जन सरोकार
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एकजना घाइते
झापाको बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । दुईवटा हात्तीको आक्रमणबाट अर्का एकजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उहाँलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उहाँलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ ।
खातुनसँगै पदयात्रामा रहनुभएका सोही स्थानका ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते हुनुभएको छ । उहाँको बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचार जारी छ ।




प्रतिक्रिया राख्नुहोस्