राजनीति

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले लोकतन्त्र सङ्कटमा परेका बेला तरुणहरूले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै पार्टीको सङ्गठन सुदृढीकरण र रूपान्तरणमा पनि युवाहरूले सिर्जनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल तरुण दलको ७४औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल तनहुँद्वारा मंगलबार दमौलीमा आयोजित  शुभकामना आदानप्रदान कार्यक्रममा  महामन्त्री पौडेलले तरुण दललाई नेपाली कांग्रेसको मेरुदण्डको सङ्ज्ञा दिनुभयो ।

लोकतान्त्रिक आन्दोलन तथा लोकतन्त्रको रक्षाका लागि तरुणहरूले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा पनि लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शको संरक्षणमा युवाहरू सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसले तरुण तथा युवालाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै पौडेलले पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व बढ्दै गएको बताउनुभयो । उहाँले कांग्रेसको रूपान्तरणका लागि तणहरूले केवल सङ्गठन विस्तारमा मात्र सीमित नभई नयाँ सोच, विचार र सिर्जनात्मक कार्यक्रममार्फत पार्टीलाई जनतासँग जोड्नुपर्ने बताउनुभयो ।

पार्टीमा भएका सुधारका प्रयास र परिवर्तनलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले पार्टीभित्र भएका सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सके कांग्रेसप्रतिको विश्वास थप बलियो बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चिनु पोख्रेलले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य जगदीशचन्द्र पोख्रेल र दीपक भट्टराईलगायतले तरुण दलको भूमिका, पार्टी सङ्गठनको सुदृढीकरणका विषयमा धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.