क्रिकेटखेल

एनपिएलमा जनकपुरको दोस्रो जित, पोखरा नौ रनले पराजित

काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले पराजित गर्दै जनकपुरले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

जारी प्रतियोगितामा पोखराको भने यो लगातार दोस्रो हार हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो । जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ७ चौका र एक छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकीय पारी खेले भने मोइन अलीले २१ रन बनाए ।

त्यस्तै अभिषेक तिवारी १० बलमा २४ रनमा अविजित रहँदा जिम्मी निशमले ११, हर्मीत सिंह, अमरसिंह रौटेला र अनिलकुमार शाहले समान ९-९ रन जोडे ।

पोखराका लागि शाकिब अल हसनले सर्वाधिक तीन विकेट लिए भने चमिका करुणारत्नेले दुई विकेट लिँदा महेदी हसन, र मोहम्मद सैफुद्दिनको भागमा समान एक-एक विकेट रह्यो । जनकपुरले दिएको १४८ रन्को लक्ष्य लिएर मैदान उत्रेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रनमात्र बनायो ।

पोखराको लागि कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौकको मद्दतमा ३५ रन बनाए भने बिपिन आचार्यले २० रन जोडे । यस्तै विपिन खत्रीले अ७ र किरण ठगुन्नाले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरको लागि मोइन अलीले तीन विकेट लिए भने सैफ हसन र हर्मीत सिंहले समान दुई-दुई विकेट लिँदा जिमी निशम र ललित्नारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो l

जितसंगै जनकपुर तीन खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने दुई खेलमा अंकविहिन पोखरा पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.