राजनीति

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गर्नुभयो । उहाँले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पार्नुभयो ।

विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्नसके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उहाँको भनाइ थियो ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको महासचिव पोखरेलको भनाइ थियो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.