राजनीति

रास्वपाद्वारा मकवानपुर दुर्घटनाका पीडितपरिवारको अभिभावकत्व ग्रहण गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर दुर्घटनाका पीडितपरिवारलाई तत्काल राहत र आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पीडितपरिवारको अभिभावकत्व ग्रहण गरी आवश्यक राहत, सहयोग र सहजीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था मिलाउन र मृतकको पहिचान तथा शव व्यवस्थापनमा आवश्यक सहजीकरण गर्न सरकारलाई सुझाव दिएको छ । आगामी दिनमा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सरकारले प्रभावकारी तथा दीर्घकालीन कदम चाल्नेमा रास्वपा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । काठमाडौँबाट सर्लाही जाँदै गरेको माइक्रोबस बिहीबार बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.