क्रिकेटखेल

एनपिएलमा रिजनले जिते ओमोडा कार, अरू कसले के पुरस्कार जिते ?

चितवन राइनोजका रिजन ढकालले नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनमा ‘सर्वोत्कृष्ट नेपाली खेलाडी ’ हुँदै ओमोडा कार हात पारेका छन् । रिजनले १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा प्रथम स्थानमा रहँदै तथा उत्कृष्ट बलर घोषित हुँदै नगद दुई लाख र पल्सर बाइक पनि प्राप्त गरे |

त्यस्तै प्लेअर अफ दि टुर्नामेन्ट सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी घोषित हुँदै ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा तीन अर्धतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विराटनगर किंग्सका लोकेश बम घोषित हुँदै पल्सर बाइक प्राप्त गरेका छन् । उनले प्रतियोगितामा २४२ रन बनाएका थिए ।

यस्तै चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा रेड बूल इनर्जेटिक प्लेयर घोषित हुँदै नगद २ लाख हात पारे । यसैगरी इमर्जिङ प्लेअरको अवार्ड जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले हात पर्दै पल्सर मोटरबाइक जिते ।

यता पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले ‘प्लाटिनम क्याप’ विजेता बनेका छन् । सम्राले यस सिजनमा सर्वाधिक व्यक्तिगत २९४ रन बनाए । जसमा एक शतकसहित दुई अर्धशतक रहेको छ उनले कर्णाली याक्सविरुद्ध १०२ रनको अविजित शतकीय पारी खेलेका थिए ।

यस्तै उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड हात पार्दा सुदूरपश्चिमका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.