क्रिकेटखेल

एसिया कप राइजिङ स्टार्स : यूएईद्वारा नेपाल सामू जितको लागि १२२ रनको लक्ष्य

कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाल सामू जितको लागि १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९ दशमलव ५ ओभरमा १२१ रनमा समेटियो । यूएईको लागि मोहम्मद शाहदाद ४०, हर्प्रीत सिंहले ३२ र नुरुल्लाह अयोबील १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालको लागि सन्दीप लामिछाने र कुशन भुर्तेलले समान तीन-तीन विकेट लिए भने नन्दन यादव, रशिद खान र ललित्नारायण राजवंशीको भागमा समान एक-एक विकेट रह्यो ।

जारी प्रतियोगितामा दुवै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र यूएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

पहिलो खेलमा नेपालले निकै खराब प्रदर्शन गरेको थियो । त्यस खेलमा भारत ‘ए’ ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भयो । उक्त खेलमा नेपालले ३०६ रनको फराकिलो पराजय व्यहोरेको थियो ।

नेपाल सानदार पुनरागमन गर्दै युएईलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । उक्त प्रतियोगितामा आठवटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ विरुद्ध पनि खेल्ने तालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.