अर्थसेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८६ अङ्कले बढेर ४८२ दशमलव ३९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव २५ अङ्कले बढेर १८३ दशमलव ८९ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५३ अङ्कले बढेर १६३ दशमलव ९५ मा पुगेको छ ।

मंगलबार विभिन्न कम्पनीका एक करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर रु पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । मंगलबार १६५ कम्पनीको सेयर बढ्यो भने १११ कम्पनीको सेयर घट्यो । त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मानुषी लघुवित्त,मेन्छियाम हाइड्रोपावर, ओममेगा श्रीलगायतका लगानीकर्ताले गुमाएका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.