भारत-पाकिस्तान गोली हानाहानमा गोर्खा सैनिक अर्जुनको मृत्यु
बुधबार राति कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा भारतीय गोर्खा सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
जम्मु र कास्मिरको राजोउरी जिल्लामा भएको सो घटनामा गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगरको मृत्यु भएको हो ।
भीडन्तमा परी मृत्यु भएका दुईजनामध्ये गोरखाको विकट रिप गाउँका अर्जुनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले उनी मारिएको पुष्टि गरेको छ ।
भारतीय सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए । पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापा र महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको को उपचारका क्रममा निधन भएको जानकारी दिंदै थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्