राजनीति

"स्वतन्त्रता कुन्ठित भयो भन्नेहरु आफैं कुन्ठित भएर बोलेका छन्"

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बलियो लोकतन्त्रभित्रको मुख्य प्रश्न स्वतन्त्र पत्रकारिता रहेको बताउँदै सूचना प्रविधि विधेयकले स्वतन्त्रता कुन्ठित हुन लाग्यो भन्नेहरु आफैं कुन्ठित भएर बोलिरहेको आरोप लगाउनुभएको छ ।

बिहिबार नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको नवनिर्मित भवनको धनगढीमा उद्घाटन गर्दै उहाँले सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै मन्त्री बाँस्कोटाले विधेयक पारित भएपछि मिडियालाई फाइदा हुने धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो ‘होडिङ बोर्ड नराख्दा प्रचारको लागि उसले कि प्रिन्ट, कि इलेक्ट्रोनिक डिजिटल मिडियाको प्रयोग गर्छ । यसले के घाटा भयो त ? सारा पैसा तपाईंकोमा आउँदैछ । उहाँले भन्नुभयो पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने भए पनि अहिले त्यस्तो नभएको भन्दै तर कलम चलाउनुपर्ने पत्रकार कहिलेकाहीँ तरबार नै चलाउनु हुन्छ । तरबारभन्दा शक्तिशाली त कलम नै छ । उल्टो सुल्टो दुईटै चलाएपछि त गाह्रो पर्छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो “आफ्नो व्यवसायप्रति आत्मनिर्भर भइयो भने मर्यादित ढङ्गले बाँच्ने आधार सिर्जना हुन्छ । उहाँले समानुपातिक विज्ञापन नीतिले सञ्चारमाध्यमलाई सामानुपातिक विज्ञापन वितरण गर्ने जानकारी दिनुभयो ।

सुदूपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अगामी दिनमा सुदूरपश्चिम सरकारले सञ्चारकर्मीको दक्षता अभिवृद्धि गर्न थप सहकार्य गर्ने जानकारी दिँदै सङ्घीय सरकारले पनि थप वित्तीय स्रोत प्रदान गर्नुपर्छ भन्नुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष जगत साउदको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीलगायतले पत्रकार हक हितका बारे चर्चा गर्नुभएको थियो । ९तस्वीर उपलब्ध छ ०

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.