प्रबास

पोर्चुगलमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

पोर्चुगलको राजधानी लिस्बनमा नेपाल भ्रमण वर्ष (२०२० एक विशेष कार्यक्रमबीच शुभारम्भ भएको छ । राजधानी लिस्बनको व्यस्त पर्यटकीयस्थल रोसियो स्क्वायरमा राष्ट्रिय झण्डा, भ्रमण वर्षको प्लेकार्ड र ब्यानर बोकेर भेला भएको नेपालीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरु गाउँदै नेपालको कला, संस्कृति, प्राकृतिक सौन्दर्यता र बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जानकारी दिँदै भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको हो ।

नेपाली कलाकारले नेपाली मौलिक बाजा मादल, मुरली, बाँसुरी बजाउँदै राष्ट्रिय गीतहरु गाउँदा कयौँ विदेशीले चाख मारेर कार्यक्रम हेर्दै नेपालका बारेमा जानकारी लिएका थिए । भ्रमण वर्ष प्रारम्भसभामा नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले नेपाल भ्रमण वर्षको महत्व र उद्देश्यबारे बताउँदै नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको थियो भने कार्यक्रम संवत् स्वःस्फूर्तरूपमा नेपाली सुमुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रमका संयोजनकर्ता राजकुमार थापाले बताउनुभयो ।

कार्यक्रम अवसरमा जनवरी १ तारिख अन्तरराष्ट्रिय नेपाली टोपी दिवससमेत परेको आ–आफ्नो शिरमा टोपी सजाएर भेला भएका महिला, पुरुष र बालबालिकाको सहभागिताले भ्रमण वर्षको प्रारम्भलाई अझ विशेष बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.