राजनीति

मानिसलाई अनुशासित बनाउन गुरुकुल शिक्षा : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ ।

विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राख्नुभयो ।

प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले बुभ्mन नसकेको बताउनुभयो । उहाँले नेपाली भाषाको पनि मातृभाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्त्वका साथ राज्यले हेर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषालाई माध्यमिक तहसम्म अध्ययन गराउन पहल गर्ने बताउनुभयो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रा माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा गुरुप्रसाद सुवेदी, डा वासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यको दायित्व भएको विचार राख्नुभयो । संस्कृत भाषासम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.