गोपाल शर्मा 'अशोक'को नेतृत्वमा बिहुँकोट समाज जापानको नयाँँ कार्यसमिति
बिहुँकोट समाज जापानको नयाँ कार्यसमितिको चयन भएको छ । नयाँ वर्षको शुभकामना आदनप्रदानसंगै सातौं अधिवेशनले सन् २०२० देखि २०२२ का लागि गोपाल शर्मा अशोकको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले अशोकलाई सर्वसम्मत अध्यक्ष चचयन गरेको थियो हो । नव गठित समितिका पाँचजना उपाध्यक्षहरूमा महेन्द्र प्रसाद कँडेल, दीपकप्रसाद कँडेल, घनश्याम कँडेल, बिष्णुप्रसाद कँडेल र तोयानाथ रिजाललाई चयन गरेको छ भने सचिवमा शिवप्रसाद कँडेल र सहसचिवमा नारायण कँडेल हिमलाल चयन हुनुभएको छ ।
यसै गरी कोषाध्यक्षमा रामु कँडेल ‘कुलराज’, सहकोषाध्यक्षमा कृष्णप्रसाद कँडेललाई चयन गरिएको छ भने अधिवेशनले याम लाल सुवेदी, टीकाराम कडेल, नारायण प्रसाद कडेल, केशब कँडेल (ओशाका), चन्डि प्रसाद कडेल (दयाराम), खिमानन्द शर्मा (ओशाका)लाई सदस्यहमा चयन गरेके छ ।
यसै गरी निर्वाीचत अन्य सदस्यहरुमा निखिल कँडेल जीवनु, दयाराम कँडेल (फापर चौर), शिब सुबेदी ‘बिमल’, बिण्णुप्रसाद कँडेल, बिण्णु प्रसाद कडेल (रामु), खिमानन्द कँडेल, शिव न्युरे, टिका राम कडेल (रामु), गोपालप्रसाद सुवेदी चयन भएका छन ।