जन सरोकार
गावाहलमा शंकास्पद वस्तु : सेनाको बम डिस्पोजल टोली प्रस्थान
शनिबार विहान ललितपुरको पाटन गावाहलमा शंकास्पद वस्तु फेला परेको छ । टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ गएको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको बताउँदै सो क्षेत्रमा प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ ।
शंकास्पद वस्तु भेटिएको क्षेत्रमा प्रहरीले घेरा हालेपछि अहिले यो सडकको सवारी आवागमन पनि प्रभावित भएको छ ।