राजनीति

प्रधानमन्त्रीको कदमले संविधान निर्माण गर्दाको मेहेनत र पसिना खेर गयो : भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई

पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि संविधान निर्माण गर्दाको मेहेनत र पसिना खेर गएको जस्तो लागेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह भरतपुुर महानगर कमिटीले सोमबार आयोजना गरेको अगुवा पाार्टी कार्यकर्ता भेलामा उहाँले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताउँदै भन्नुभयो, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिष्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेत्री रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.