जन सरोकार

तनहुँमा चितुवा आतंक- फेरि लियो अर्का बालकको ज्यान

तनहुँमा चितुवा आतंक बढ्दो छ । आइतबार मात्र एक आठ वर्षीया बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

योसंगै चितुवाले हालसम्म त्यहाँ चितुवाको आक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । समाचार अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

घर नजिक रहेको मामा घरबाट फर्कंने फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

चितुवा प्रभावित क्षेत्रको पीडा– छोरालाई छिनमै खोसेछ’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.