राजनीति

खाडीमा रहेका नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाउन माग

अमेरिका र इरानबीचको बढ्दो तनावका कारण खाडी मुलुकमा रहेका नेपालीहरुको सुरक्षालाई अहिलेदेखि नै व्यवस्था गर्न माग गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा बिहिबार बसेको बैठकले पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै सो निर्णय गरेको हो ।

त्यसै गरी बैठकले विदेश विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल गरी सो निर्णय गरेको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग सदस्य सचिव प्रा डा गीताभक्त जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.