क्रिकेटखेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दैन

भरतपुर महानगरपालिकाले बहुर्षिय योजना बनाएर योजना अघि बढाउने मेयर दाहालको प्रतिबद्धता

कोरोना महामारीले विश्वलाई अस्तव्यस्त नपारेको भए सायद चितवनको भरतपुरमा निर्माण आरम्भ गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि रकमको अभाव हुने थिएन । तर, अहिले रंगशाला निर्माण रोकिएको छ र यसको स्वामित्व स्थानीय सरकारलाई लिन अनुरोध गरिएको छ ।

निकै महत्वकांक्षी योजनामा हात हालेका हाँस्य कलाकार दम्पत्ति सीताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस सुन्तलीले रंगशाला राष्ट्रले गर्नुपर्ने कामको जिम्मेवारी लिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कलीन नेकपा अध्यक्ष प्रचण्डकै उपस्थितिमा  रंगशाला निर्माणको घोषणा गएको ।

लामो समयसम्म आर्थिक अभाव र ठूलो रकम ऋण लागेपछि धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणबाट हात झिकेर स्थानीय निकायलाई जिम्मा लिन अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल

यसबीच भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माणको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताउनुभएको छ ।

हालै संचारमाध्यमसंगको कुराकानीमा दाहालले फाण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने घोषणा गर्नुभएको हो ।

मेयर दाहालले भन्नुभयो धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताउनुभयो ।

मेयर दाहालले रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने जानकारी दिंदै सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभयो ।

दाहालले भन्नुभयो- “हामीले प्रक्रिया अघि बढाइसकेका छौं । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो । तर, अहिले आर्थिक अभाव भएपछि त्यत्रो योजना अलपत्र पार्न हुँदैन ।”

महानगरले सम्झौता अनुसार जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं। राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यस्तै महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेको भए पनि अब उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिति भएन महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह सहित पत्र दिएको बताउनुभयो ।

मेयर दाहालले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षिय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्ने बताउँदै सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.