जापान

जापानमा बाह्र वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि खोप लगाउने तयारी

ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ ।

प्रधानमन्त्री फुमिओ किशिदाले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मंगलबार सवैलाई अनुरोध गर्नुभयो ।उहाँले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उहाँको भनाई छ ।

उहाँले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि दिनुभयो । जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.