जापान

भ्रमण वर्षको प्रचारप्रसारमा राप्ती समाज जापानको नयाँ अभियान

प्रकाश ओली, जापान

२० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य आरम्भ गरिएको नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि जापानमा सक्रिय विभिन्न संघसंस्थाहरु जुटिरहेका छन् । यसै क्रममा राप्ती समाज जापानले प्रबर्द्धनात्मक अभियानको थालनी गरेको छ ।

अध्ययन, पेशा र ब्यवसायमा जापानमा रहेका राप्तीबासीहरुले बढी भन्दा बढी जापानी नेपाल भित्र्याउने उद्देश्यका साथ जापानको मुख्य सहर टोकियोको ब्यस्त स्टेशन शिनागावा र ओमोरीमा एक कार्यक्रमको आयोजना गरी भिजिट नेपालको लोगो अंकित टिसर्ट पर्दशन गरेका छन ।

जापान आउने विश्वका विभिन्न मुलुकका नागरिकहरुमा नेपालको प्रचार गर्ने उद्देश्यले नेपाली, जापानी र अड्ग्रेजी भाषामा भिजिट नेपाल २०२० लेखेर छापिएको टिर्सट प्रदर्शनीमा ल्याइएको हो ।

समाजले भर्खरै मात्र समाजका संरक्षक तथा नेपाल जापान पर्यटन क्षेत्रका अभियान्ता विशेश्वर रेग्मीको नेतृत्बमा टोकियोमा प्रत्तेक वर्ष आयोजना गरिने मन्टिकल्चरल एक्सचेन्ज कार्यक्रममा पनि नेपाल भ्रमण बर्ष २०२० को बुथ नै राखेर प्रचार प्रसार गरिएको थियो । कार्यक्रममा नेपाली मौलिक पोषाकहरु, नेपालका मनमोहक पर्यटन स्थलहरुको श्रब्य, दृश्य प्रदर्शन गर्नुका साथै पर्यटन वर्ष २०२० मा नेपालको बारेमा जानकारी पनि गराइएको थियो ।

पर्यटकिय टिर्सट र पोष्टरहरुले जापानीहरुलाई ध्यानआकर्षण गरेको थियो भने कतिपय जापानीहरु आफ्नो चासो र भावी यात्राको तय गर्न पदाधिकारीहरुसँग आफ्नो कौतुहलता मेटाउन ब्यस्त देखिन्थे ।

रेग्मीले भने ‘विदेश मा रहेका हरेक नेपाली पर्यटन दुत हुन् र त्यसैले सबैले आ आफनो ठाँउबाट यो अभियानको सफलताको लागि प्रयास गरेर जापानी साथीहरुलाई नेपाल चिनाउन र भ्रमणको लागि उत्प्रेरित गर्न सके अझै राम्रो हुने र यदि एक साथी नेपाल पठाउन सके पनि पनि ९० हजार पर्यटक पठाउन सकिने मेरो विश्वास छ ।

बिभिन्न देशहरुमा भ्रमण बर्षको प्रचार प्रसार भइरहदा समाजले आफ्नो क्षेत्रबाट पहल अगाडी बढाएको र समाजका सबै पदाधिकारीहरुलाई सामाजिक संजाल फेसबुकहरु मार्फत पर्यटन सम्बन्धी लेख रचना फोटाहरु राख्न पनि अनुरोध गरेको समाजका अध्यक्ष युवराज रेग्मीले बताउनुभयो ।

प्रचारप्रसारलाई तीब्रता दिन बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने लागिएको र नेपालको गुणस्तरीय पर्यटन क्षेत्र भएको भन्दै आआफ्नो क्षेत्रबाट नेपाल भ्रमणको प्रचार प्रसार गर्नु बिकल्प नभपछि लागि परेको उहाको भनाइ छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.