जन सरोकार

जंगलमा बसेर लाखौंको जुवा- मोबाइलबाटै मिनी क्यासिनो संचालन

पेशेवर जुवाडेहरुको अनेक दाउ हुन्छन् र यसमा प्रविधिको समेत उपयोग हुने गरेको पाइएको छ । पछिल्लो समय घरमा बसेर खेलिने जुवामा प्रहरी निगरानी बढेपछि पेशेवरहरु जंगलमा गएर मोबाइलबाट मिनी क्यासिनो चलाउन गरेको तथ्य हालैको घटनाबाट खुलेको छ ।

घटना काभेको हो, इलाका प्रहरी कार्यालय बनेपाले काभ्रे र आसपासका क्षेत्रमा मोबाइलबाट जुवाा खेयाइरहेको सूचना पायो र सोहीमा बुधबार साँझ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–९ मगरगाउँमा प्रहरीले घुम्ती मिनी क्यासिनोमा छापा मार्न पुग्यो । जुवाडेहरु जङ्गलको बीचमा जुवा खेलिरहेका थिए ।

जुवाडेहरुले मेसेन्जर, भाइवरबाटै जुवा खेल्ने स्थानको बारेमा जानकारी दिदै दैनिक रुपमा ठाउँ परिर्वतन गरेर जुवा तास खेल्ने खेलाउने गरेको पाइयो । यसमा अरुले नथापाउन भन्नका लागि त्यस्तो ठाउँलाई जुवाडेहरुले ‘जग्गा’ नाम दिएका रहेछन् । तर प्रहरीले भने त्यसको नाम मोबाइल मिनी क्यासिनो नाम दिएको छ । बुधबार साँझ प्रहरीले मिनी क्यासिनोमा छापा मार्दा अनौठा रोचक अनि पत्याउनै नसकिने बिषय सार्वजनिक भएका छन् ।

घुम्ती नागरिक सहायता कक्ष, एटिएम सेवा, स्वास्थ्य शिविर, बैङ्गिक सेवाको बारेमा धेरैले सुनेका छौ । तर दैनिक रुपमा खाना खाजा समेत खुवाएर जुवा तास खेल्ने खेलाउने मिनी क्यासिनोको बारेमा सुनेका छैनौ ।

प्रहरीले मिनी क्यासिनोमा छापा मार्दा नगद, उनीहरुले प्रयोग गर्ने यातायातका साधनमात्रै फेला पारेन । उनीहरुको साथबाट बरामत भएको सामान देख्दा प्रहरीनै हैरानीमा पर्यो । जुवा तास खेल्ने खेलाडीले जग्गा हेर्न जाने र देखाउने जाने जस्ता कोड प्रयोग गर्ने भएकाले त्यसबारे धेरैले पत्तो समेत पाउन पर्ने गरेको छ ।

कालो विरालोको साल र खोटा सिक्का
जुवा तास खेल्ने मान्छेहरुले आफूले विजयी बन्न अनेकौ उपायहरु अपनाउने गर्दछन् । कालो बिरालोको साल बोक्ने, मसानघाटबाट ल्याएका खोटा सिक्का आफ्नो साथमा राख्ने, पातहरु पोलेर आफ्नो साथमा राख्ने, जन्त्तर र बुँटी बनाएर चाँदीले मोरेर राख्ने, पुराना तासहरुभित्र धुपहरु बेरेर राख्ने र हिमाली जडीबुटी बोकेर जु्वाको खालमा जाने गरेको सुनिने गरे पनि यस्तो तथ्य बाहिर आउन सकेको थिएन । तर यो अपरेशनमा प्रहरीले जुवाडेबाट यस्ता समान बरामद गर्यो ।

छापा मार्दा प्रहरीले पुराना र खोटा पैसाहरु, पातहरु जलाएर पोको पारेर राखिएका सामाग्री, सुकेको मासु जस्तो देखिने बस्तु, चाँदीले मोरेर राखिएको जन्तर, पुराना तासभित्र धुप र पुराना पैसा राखेर बेरिएको सामाग्री फेला परेपछि त्यसलाई जफत गरेको छ ।

‘फेला परेका वस्तु हेर्दा जुवाडेहरुले लामो समयदेखि जुवा तासमा खेलिरहेको पुष्टि गर्छ’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । अन्धविश्वासले ग्रसित बनेर यस्ता सामान बोक्दा उनीहरुले जुवामा लाखौं रुपियाँ कारोबार गर्ने गरेको पाइएको तिमल्सिनाले बताउनुभयो ।

प्रहरी छापा मार्दा घरजग्गाको लालपुर्जा, यातायातका साधनका ब्लूबुकसँगै खोटा सिक्का, साल जस्तो सामाग्री, विभिन्न जडीबुटी बरामद गरे पछि जुवाडेहरु धेरै समयदेखि यस्तो कार्यमा सङ्लग्न भएको अनुमान प्रहरीको छ ।

सो घटनमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिनुका साथै नगद एक लाख ६२ हजार, चार स्कुटर, ११ मोटरसाइकल, एउटा कार र ११ बुक तास बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

सो खेलमा संलग्न भएका तर छपामार्ने क्रममा फरार रहेका १५ जनाको खोजीकार्य जारी रहेको र दुई वटा चेकबुकसमेत बरामद भएको जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.