प्रदेशमधेश

भुक्तानी नदिएको झोकमा मुख्यमन्त्री र मन्त्रीहरुको तस्वीरमा जुत्ता प्रहार

प्रदेश २ का विभिन्न योजनाहरुमा काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि भुक्तानी नभएको भन्दै विभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुले मुख्यमन्त्री र मन्त्रीहरुको फोटो भएको ब्यानर टाँगेर जुत्ता प्रहार गरेका छन् ।

गत आर्थिक बर्षमा योजना सम्पन्न भए पनि नयाँ आर्थिक वर्षको ६ महिना बित्दासमेत भुक्तानी नपाएको प्रदेश सरकारले रकम निकासा नगरेपछि आठै जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पुस १५ गते प्रदेशसभा भवन अगाडि मुख्यमन्त्री र मन्त्रीहरुविररुद्व नाराबाजीसमेत गरेका थिए ।

यस क्रममा शुक्रबार उपभोक्ता समितिका पदाधिकारीहरुले जनकपुरधामको जिरोमाइल चोकमा मुख्यमन्त्री लालबाबु राउत, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकासमन्त्री नवलकिशोर साहको फोटो भएको ब्यानरमा टाँगेर जुत्ता प्रहार गरेका हुन् ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । प्रहरीले रोशन सिंह राणा, विमलेश ठाकुर, शंकर साह र रोशन ठाकुरलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, धनुषामा राखिएको छ ।

त्यसो त सरकारले समयमा भुक्तानी नदिएको भन्दै सांसदहरुले प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका छन् । आर्थिक बर्ष २०७५/७६ का योजनाको भुक्तानी हुन सकेको छैन । प्रदेश २ का अधिकांश सांसदले गत बर्ष सञ्चालन गरेका संसदीय विकास कोषका साथै सशर्त अनुदान लगायतको योजनाहरुको पनि भुक्तानी पाउन सकेका छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.