अर्थ

जुरिच एयरपोर्ट ईन्टरनेशनलसंग निजगढ विमानस्थल निर्माणको प्रस्ताव माग

बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छनोट भएको स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनलसंग प्रस्ताव माग गरिएको छ । लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि जुरिचलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो ।

विमानस्थको विकास र सञ्चालनका लागि प्रस्ताव गर्ने कम्पनीमा स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल छनोट गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन प्रस्ताव माग गरिएको हो ।

कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न भन्दै बोर्डले शुक्रबार सूचना प्रकाशित गरेको छ । यो प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्नेछ । जुरिचले विमानस्थलको निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेछ । सो प्रस्ताव उपयुक्त भएमा बोर्डले विमानस्थलको जिम्मा उसैलाई दिनेछ ।

अदालतले अन्तिरिम आदेशमार्फत विमानस्थल निर्माण्को लागि रुख कटान नगर्न भनेको छ । तर, बोर्डले भने विकासकर्ता कम्पनी छानेटको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.