कला/मनोरन्जनकलिउड

आस्थाले सुरक्षा जाँच गर्न खोज्दा 'किन गर्नुपर्यो म गायिका हो' भनेपछि

यतिबेला गायिका आस्था राउतको चारैतिर चर्चा छ । राउतले बिहिबार सामाजिक सञ्जालमार्फत सावजनिक गरेको एउटा भिडियो भाइरल भएको छ र अहिले त्यो प्रहरी अनुसन्धानमा रहेको छ ।

घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो । राउतले विमानस्थलमा आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार दश मिनेट ३१ सेकेन्डको भिडियो राख्नुभयो र भिडियोमा उहाँले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ ।

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराउनुभएको छ । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्‍यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो ।

राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उहाँले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.