जापान

समुद्री डाकुबाट बच्न जापान र भारतको संयुक्त अभ्यास

जापान र भारतबीच संयुक्त जल रक्षा अभ्यास भएको छ । जापानले आफ्नो मुख्य समुद्री मार्ग सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएकाले भारतसंग हिन्द महासागरमा सो अभ्यास गरेको हो ।

अभ्यासमा दुबै देशका सात जहाज चेन्नई नजिकको जल क्षेत्रमा अभ्यास गरेका थिए । यो दुई देशको १८ औं अभ्यास हो र अभ्यास समुद्री डाकुबाट जहाजको रक्षा गर्ने विषयमा अभ्यास केन्द्रित थियो । अभ्यासका क्रममा केही मानिस समुद्रमा खसेका थिए ।

अभ्यासपछि जापानका तटक्षक बलका कमाण्डर ताकाहिरो ओकुशिमाले जलमार्ग जापानको जीवनरेखा भएकाले भारतसंगका साझेदारीले जापानी अर्थव्यवस्था र जनताका लागि निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

त्यस्तै भारतले दुई देशबबीचको सहयोगले हिन्द महासागरमा आफ्नो गतिविधि बढाइरहेको चीनमाथि दवाव बढ्ने विश्वास व्यक्त गरेको छ । पछिलो समय पश्चिम एसियामा उत्पन्न ताजा तनावकाबीच पश्चिम एसियाबाट एसियासम्म ऊर्जा संशाधनका जहाजहरुमा सुरक्षा चिन्ता बढिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.