नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो

कोरोनाबिरुद्धको खोप लगाउने क्रम सुरु भएसंगै बेलायतमाा नयाँ प्रजातिको कोरोना देखिएपछि त्यहाँ लकडाउन गरिएको छ भने बेलायत हुँदै विश्वका विभिन्न मुलुकमा फैलिएको सो भाइरस नेपालमा पनि आएको पुष्टि भएको छ ।
संक्रमित हुनेहरुमा २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् ।
बेलायतमा नयाँ कोरोना संक्रमण भएसंगै पुस पहिलो साता बेलायतबाट आएकामध्ये ६ जना संक्रमित भएको र उनीहरुमा नयाँ प्रजातिको कोरोना हो कि हैन भन्ने परीक्षण पछि तीन जनामा नयाँ प्रकारको देखिएको संक्रमण भएको पाइएको हो ।
६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भए पनि नयाँ प्रकार हो वा होइन भन्ने खुलाउन २७ पुसमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण भए पनि कुनै लक्षण नदेखिएका तीनजनामा नयाँ प्रजातिको संक्रमण भेटिएपछि उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी भैरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्