राजनीति

सभामुखमा सापकोटालाई उम्मेदवार बनाउने नेकपा सचिवालय निर्णय

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुका बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागी राजीनामा दिएपछि विगत चार महिनादेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने भएको छ । आज बिहान पार्टी अध्यक्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिका आधारमा सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
तत्कालीन सभामुख महराले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पार्टीभित्र लामो छलफल भएको थियो । यही पुस ४ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भइरहेको थियो ।

महासचिव विष्ण् पौडेलले बैठकपछि सचिवालयले एक मतका साथ सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपसभामुखका सन्दर्भमा यसभन्दा अगाडिको बैठकले निर्णय गरिसकेको छ, उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर सहयोग गर्नुहुने हाम्रो अपेक्षा छ ।”

विसं २०१५ फागुन १४ गते सिन्धुपाल्चोकको कुभिण्डेमा जन्मनुभएका सापकोटाले १५ वर्ष अध्यापन गर्नुभएको थियो । नेता सापकोटा विसं २०३५ मा नेकपा ९चौथो महाधिवेशन० बाट पार्टी राजनीतिमा लाग्नुभएको हो । हाल नेकपा स्थायी कमिटी सदस्य रहनुभएका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरूपमा राजनीतिमा क्रियाशील हुनुहुन्छ । विसं २०५१ मा तत्कालीन नेकपा ९एकता केन्द्र० को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा ९माओवादी० केन्द्रीय सदस्य हुनुभएका उहाँले विसं २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गर्नुभएको थियो ।

उहाँले विसं २०५८ मा तत्कालीन नेकपा९मोआवादी०को तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । तत्कालीन एकीकृत नेकपा ९माओवादी० को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बन्नुभएका उहाँले २०६९ साउनदेखि एकीकृत नेकपा ९माओवादी० को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.