रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ ।
आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बुधबार दिउँसो ३ः३० बजे गरिएको छ । साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ । साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ ।
साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ । बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।




प्रतिक्रिया राख्नुहोस्