प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
फेब्रुअरीबाट खोप अभियान सुरु गर्ने तयारी

कोरोना भारस संक्रमण तीब्ररुपमाप फैलदै गएपछि जापानको राजधानी टेकियो लगायतका क्षेत्रहरुमा संकटकाल घोषणा गरिएको छ । सरकारले आम नागरिकलाई घरभित्रै बस्न आग्रह गरिरहेको छ भने कम्पनीहरुमा ७० प्रतिशत कामदारको आगमन रोक्न माग गरिएको छ ।
यसैबीच प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना भाइरस संक्रमणको कठिन अवथामा यसबिरुद्धको लडाईको अगुवाई गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार संसदको नियमित अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले सो प्रतिबद्धता जनाउनुभएको हो ।
प्रधानमन्त्री सुगाले सम्बोधनका क्रममा संकटकाल दोहोर्याउनुपरेकोमा दुःख व्यक्त गदै संकटको समयमा जनताको सहयोग आवश्यक रहेको र सरकारले कोरोनाको विश्वव्यापी महामारीमाथि नियन्त्रण पाउन आवश्यक सबै प्रयास गर्ने र यसका लागि विशेष कानुन संशोधन गर्नुपर्ने पनि बताउनुभयो ।
उहाँका अनुसार संशोधित कानुन अनुसार बार तथा रेष्टुरेन्टहरुलाई जरिवाना गर्ने र सहायता राशि प्रदान गर्ने विषय समेत सामेल हुनेछ । यसबाट व्यापार संचालनको समय कटौती गर्न सरकारले गरेको अनुरोधको पालना इमानदारीपूर्वक हुनेछ ।
त्यसै गरी प्रधानमन्त्री सुगाले कोरोना भाइरसमाथि नियन्त्रण पाउन खोपको महत्वपूर्ण भूमिका हुने र सुरक्षा तथा प्रभावकारिताको परीक्षणपछि आउँदो फेब्रुअरीसम्म सरकार खोप लगाउने अभियान सुरु गर्न प्रयास गर्ने पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्