जन सरोकारस्वास्थ्य

२३ हजार ४ सय १८ को परीक्षण गर्दा ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमणदर ५० प्रतिशतको हाराहारीमा पुगेको छ । आज सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४ सय १८ को परीक्षण गर्दा ११ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।

यसै गरी काठमाडौं उपत्यकामा संक्रमणका पालो चढ्ने क्रम जारी छ । आज नयाँ संक्रमित मध्ये ६ हजार ३४३ जना काठमाडौं उपत्यकाका छन्, जसमा काठमाडौंका ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना छन् ।

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । त्यस्तै हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.