राजनीति

थोत्रो जहाज उडाउन दिनेलाई कारबाही गर्न कसले रोक्यो ?

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले यति एयरलायन्स दुर्घटनाको कारण पत्ता लगाउन थोत्रो जहाज उडाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभएको छ ।

डा. राउतले एउटा मोटरसाइकलले मान्छे किचेर मारेमा पहिला मोटरसाइकल चालक वा धनीलाई समातेर अनुसन्धान गरिन्छ भने थोत्रो जहाज उडाउन अनुमति दिनेलाई पक्राउ गर्न कसले रोक्यो कुन कानुनले रोक्यो भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्न जहाज दुर्घटनाका कारकहरुलाई पक्राउ गरी छानबिन गर्न कुन कानुनले रोक्यो भन्ने प्रश्न गदै आशा बोकेका गृहमन्त्री कम्तिमा प्रक्रियावादी नबन्न सुझाव पनि दिनुभयो ।

बिहिबार प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचनका क्रममा आफ्नो धारणा राख्दै डा. राउतले सभामुखको उम्मेदवार उठाएका दलहरुले राष्ट्रिय सहमति मागेको कस्का लागि हो भन्दै सहमति सिंगो राष्ट्रका लागि हुनपर्ने पनि बताउनुभयो ।

सोही क्रममा उहाँले राष्ट्रिय सहमति नै खोजेको हो भने मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावमा आधा सांसद उठेका थिए भने आधा बसेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.