जापान

टोकियो ओलम्पिक खेलस्थलमा ५ जी सेवा प्रदान गर्ने

टोकियो ओलम्पिक तथा पारा ओलम्पिकको खेल आयोजनास्थलमा जी ५ सेवा प्रदान गर्ने घोषणा टोकियो महानगरले गरेको छ । यसका लागि महानगरले जी ५ प्रदान गर्ने स्थानहरु समेत चुनिएको बताएको छ ।

यही हिउँदमा जापानमा द्रुतगति र उच्च क्षमताको जी ५ सेवा पूर्णरुपमा उपलब्ध हुनेछ तापनि खेल क्षेत्रमा मोबाइ सेवा प्रदायकहरुलाई आयोजनास्थलमा जी ५ एन्टिना जडान गर्न आग्रह गरिनेछ । अधिकारीहरुका अनुसार प्रतियोगितास्थल र स्टेशन तथा स्थलको बीच भागमा वाईफाई सेवा प्रदान गर्ने योजना रहेको छ । यसबाट बीभन्दा बढी संचार सेवा प्रदान गर्न सकियोस् ।

टोकियो महानगरका मेयर युरिको कोइकेले अघिल्लो वर्ष एक कार्यक्रममा २०२० को ओलम्पिकबाट विकासको नयाँ ढोका खोल्ने बताउँदै सन् १९६४ को तोकियो ओलम्पिकले शिन्कासेन र महानगरीय द्रुतमार्ग बनेर तीब्र आर्थिक विकासको बाटो सुनिश्चित भएको बताउनुभएको थियो ।

उहाँले २०२० को ओलम्पिक खेलस्थलमा ५ जी सेवाको प्रसार टोकियोको विभिन्न क्षेत्रमा गर्दै एक परिपक्व शहरको विरासतका रुपमा रेडियो तरंगका मार्ग दिन सकियोस् भन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.