विश्व समाचार

शाही जिम्मेवारी त्यागेर पूर्व राजकुमार ह्यारी पुगे क्यानडा

गत शनिबार बेलायती महारानी एलिजावेथले राजकुमार ह्यारी र उहाँकी पत्नी मेगन राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेपछि ह्यारी मंगलबार क्यानडा पुग्नुभएको छ । मेगन छोरा आर्चीसँगै पहिल्यैदेखि क्यानडामा रहँदै आउनुभएको थियो ।

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ । उहाँहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ ।

आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनुभएको थियो । राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उहाँको भनाई थियो ।

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भन्नुभयो, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।”

द ड्युक एण्ड डचेज अफ ससेक्सले उहाँहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको छ जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.