जल/वातावरण

माघ १४ गतेबाट कोरोना बिरुद्धको खोप लगाउन शुरु गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अनुदानका रुपमा दिएको कोरोनाबिरुद्धको खोप माघ माघ १४ गतेबाट लगाउन शुरु गरिने जानकारी दिनुभएको छ । उहाँले यसका लागि समूह तयार पारिसकेको जानकारी दिनुभएको छ ।

शुक्रबार सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुराको जानकारी दिनुभएको हो

त्यस क्रममा उहाँले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

त्यस क्रममा उहाँले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र सङ्कटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

सम्बन्धित खबर

Back to top button