प्रबास
भारतमा रेल दुर्घटना, १३ जनाको मृत्यु चार नेपालीको सनाखत
भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा चारजना नेपालीसहित १३ जनाको मृत्यु भएको छ । मृत्यु भएका १३ जनामध्ये चार नेपालीसहित ७ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्मा लगायत रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो ।
अधिकारीहरुका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए ।
त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई ठक्कर दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्