जन सरोकार

टेलिफोनका तार चोरी गर्ने भारतीय नागरिक पक्राउ

टेलिफोनको तार चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलबाडी घर बताउने ३२ वर्षीय मालिक बर्मन रहेका छन् ।

मेचीनगर–६ काँकडभिट्टास्थित भट्टराईचोकबाट पक्राउ परेका उनका साथबाट तार काट्न प्रयोग गरिने विभिन्न औजारसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बर्मनमाथि थप अनुसन्धान गरिरहेको बताइएको छ ।

मेचीनगरमा पछिल्लो एक वर्षयता टेलिफोनको तार चोरीका घटना बढिरहेका थिए । बर्मनलाई चोरी ऐनअन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.