जन सरोकार

राति खाना खाएर सुतेका दम्पत्ति सुतेको अवस्थामा मृत

बुधबार राति खाना खाएर सुतेको एक दम्पत्ति बिहिबार विहान मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा दम्पत्ति अवस्थामा मृत भेटिएका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएका हुन् ।

बिहीबार बिहान ७ बजेसम्म पनि उनीहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सूर्यबहादुर थिङ ढोका फुटाएर घरभित्र प्रवेश गरेका थिए । त्यसक्रममा दुवै जना मृत अवस्थामा भेटिएको भन्दै उनले प्रहरी वृत्त, बौद्धमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी वृत्त, बौद्ध र अपराध अनुसन्धान महाशाखाको टोली गएर अनुसन्धान गरेको थियो । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरु राति माकल बालेर सुतेका थिए । राति नै निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरी अधिकृतहरुको अनुमान छ ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा लगेको थियो । डाक्टरहरुले पनि शवमा बाहिरी चोटपटक नदेखिएको र निस्सासिएकै कारण मृत्यु भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.