बालेनलाई गृहमन्त्रीको सझाव : बस्ती विषयमा एकिन विवरण ल्याएर मात्रै थप निर्णय गर्नुपर्ने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुकुम्बासी बस्ती हटाउने विषयमा सम्बन्धित सबै पक्षबाट एकिन विवरण आएपछि मात्रै थप निर्णयतर्फ जानुपर्ने बताउनुभएको छ ।
बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भेट गरेर सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेपछि लामिछानेले सो धारणा राख्नुभएकोा हो ।
बिहिबार दिउँसो गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोली उपप्रधानमन्त्री लामिछानेलाई भेट्न पुगेको थियो ।
भेटमा मेयर बालेनले सुकुम्बासी बस्ती हटाउनुपर्ने कारण, अवस्थाबारे ब्रिफ्रिङ गर्दै १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन जाँदा भएको घटनाको विवरण गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारीलाई सुनाउनुभएको थियो ।
बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिले पनि सुकुम्बासी बस्तीको विषयमा गृह मन्त्रालयमा आफ्नो धारणा राखेका थिए ।
छलफलपछि गृहमन्त्री लामिछानेले सुकुम्बासी बस्तीको विषयमा कानुनअनुसार हटाउनुपर्ने भए गृहले सहयोग गर्ने तर, यसरी हटाउँदा त्यसपछि हुनसक्ने परिस्थितिको आंकलन गरेर मात्रै कदम चाल्नुपर्ने उनले धारणा राख्नुभएको थियो ।




प्रतिक्रिया राख्नुहोस्