जापान

कोरोनालाई मौसमी इन्फ्लुएन्जा माने पनि कोभिड १९ खोप निःशुल्क हुनुपर्छ

जापान सरकारले यो वसन्तदेखि कोरोना भाइरसलाई मौसमी इन्फ्लुएन्जाजन्य रोग सरहको कानुनी श्रेणीमा वर्गीकरण गरे पनि कोभिड १९ को खोप भने निःशुल्क गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञ प्यानल सहमत भएको छ ।

कोभिड १९ खोप

आज (शुक्रबार) प्रधानमन्त्री फुमियो किशिदाले राष्ट्रको सामाजिक र आर्थिक गतिविधिलाई सामान्य बनाउन र राज्यको समर्थनको समीक्षा गर्ने अभियानका रूपमा आउँदो अप्रिलको अन्त्यमा वा मे महिनाको शुरुमा कोरोनालाई हालको श्रेणी २ बाट श्रेणी ५ मा वर्गीकरण गर्ने निर्णयको घोषणा गर्ने अपेक्षा गरिएको छ।

सरकारको यस्तो तयारी भए पनि कोभिड १९ को खोपहरू निःशुल्क र अलि लामो समयसम्म उपलब्ध हुनुपर्छ, कहिल्यै खोप नपाएका व्यक्तिहरू र अन्तिम खोपको छ महिनापछि बुस्टर प्राप्त गर्न चाहनेहरूका लागि निःशुल्क हुनुपर्ने खोप नीति समितिका सदस्यहरूले बताएका छन् ।

वाकिता नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिज (एनआईआईडी)का निर्देशक ताकाजी वाकिताको अध्यक्षतामा रहेको समितिले सो निर्णय गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.