राजनीति

डा. शिवमायालाई नेकपाले दियो केन्द्रीय सदस्यको पुरस्कार

पार्टीका अध्यक्षहरुको निर्देशनलाई चुनौति दिंंदै उपसभामुखबाट भनेकै बेला राजीनामा नदिएर अडान प्रस्तुत गर्नुभएकी नेकपा सांसद डा. सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्व उपसभामुख समेत भइसकेकी सांसद केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिनुभएको छ ।

उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गर्नुभएकी शिवमायाले नेकपाले अग्नि सापकोटालाई सभामुखमा प्रस्ताव गरेपछि मात्र राजीनामा दिनुभएको थियो ।

राजीनामा दिएपछि उहाँलाई मन्त्री बनाउने चर्चा चलेको थियो भने उहाँले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने बताउँदै आउनुभएको थियो । केन्द्रीय सदस्यमा मनोनित भएपछि बुधबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिनुहुनेछ ।

कृष्णबहादुर महरा यौन प्रकणमा मुछिएर पदमुक्त भएपछि उहाँले सभामुखमा आफ्नो दावेदारी प्रस्तुत गर्दैआउनुभएको थियो । पार्टी नेतत्वले आफूलाई सभामुख नबनाएपछि राजसंस्थाभन्दा पितृसत्ता जब्बर रहेछ भन्दै नेतृत्वको चर्को आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.