राजनीति

चुनावको माग गर्दै एमाले आन्दोलन गर्ने

स्थानीय तहको निर्वाचन घोषणा दिन दवाव दिने उद्देश्यले प्रमुख विपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलन गर्ने भएको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुनेछ र स्थानीय तहको चुनावका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी छ ।

आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना(साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेको रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.