कला/मनोरन्जन

युवा गायक साहिल खड्काको ‘कान्छी’ सार्वजनिक (भिडियोसहित)

आधुनिक गीत गायन क्षेत्रमा संघर्षरत चर्चित युवा गायक साहिल खड्काको आधुनिक गीत एल्वम् ‘कान्छी’ सार्वजनिक भएको छ । यूट्युब च्यानल ‘साहिल खड्का अफिसियल’बाट शुक्रबार सार्वजानिक गीतले एकै दिनमा करिव एकलाख दर्शकको मन जितेको छ।

साहिल खड्का र अनु चौधरीको आवाज रहेको ‘कान्छी’ गीतमा खड्का स्वयम्को शब्द, संगीत रहेको छ। निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा माया पिरतीको विषय वस्तुमा चर्चित कलाकार बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतको अभिनय गरेका छन। । रोमन बज्रचार्यको संयोजन रहेको गीतमा बासुरीमा सोर्निम महर्जन, गीतार सञ्जल भण्डारीले साथ दिएका छन् ।

विगत ७ वर्ष देखी नेपाली सांगीतक क्षेत्रमा क्रियाशिल खड्काको ‘त्यो मनमा…’, ‘के यो माया हो…’, ‘कालो कोठी…’, ‘सरिमै लाउने…’ लगायतका गीत सार्वजनिक भएसंगै चर्चा समेत कमाएका छन् ।

गीत संगीतको क्षेत्रमा नयाँ पन ल्याउन चाहने गायक खड्काले यस पटक पूर्वेली लोक भाकालाई आफ्नै शब्दमा उतार्ने कोशिश गरेको बताए ।

गीत सार्वजानिक भएसंगै जापानमा नेपाली तथा विदेशीहरूको जीवन तथा स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको मिराई लाईफ ईन्स्योरेन्सले ‘कान्छी’को टाईटल थिममा टिकटक प्रतियोगिता गर्ने भएको छ। जसका कारण गीतले अझ बढी चर्चा कमाउने अपेक्षा गायक खडकाले गरेका छन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.