जन सरोकारस्वास्थ्य

पाँच हजार पाँचसय ८३ जना संक्रमित, नौजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९ सय २६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै आज मृत्यु भएकासमेत गरी नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यसबीच काठमाडौं उपत्यकामा थप १ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १,४०४, ललितपुरमा ३०४ र भक्तपुरमा १९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा ३३४९, झापामा १४१, मोरङमा १२१, रुपन्देहीमा ७३, सुनसरीमा ६४, चितवनमा ५८, सिरहामा ५७, नुवाकोटमा ७ जना, कैलालीमा ५५ र काभ्रेपलाञ्चोकमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सिन्धुपाल्चोकमा ४३, धनुषामा र दाङमा ३९/३९ जना, स्याङ्जामा ३५, मकवानपुरमा ३४, कञ्चनपुरमा ३०, तनहुँमा २९, बाँकेमा २९, बागलुङमा २७ र पाल्पामा २२ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.