क्रिकेटखेल

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको क्यानको कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निलम्बन फुकुवा गरेसँगै अब सन्दीपले राष्ट्रिय क्रिकेट टोलीबाट खेल्न पाउने छन् । नाबालिक बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले २३ भदौमा उनलाई निलम्बन गरेको थियो । तर लामिछानेलाई उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएपछि उनी २९ पुसमा रिहा भएका थिए ।

उनी २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.